
१. विद्यालयको परिचय
१.१ ऐतिहासिक पृष्ठभूमी
नेपालको संविधान २०७२ अनुसार संघिय राज्यको अवधारणा तथा स्थानिय तहको पुनरसंरचना अनुसार प्रदेश नं ३ तथा मध्यमाञ्चल विकास क्षेत्र अन्तरगतको मकवानपुर जिल्लाको हेटांैडा देखि करिब ६५ कि.मि. दक्षिण पुर्व तथा बागमती नदीको किनारमा रहेको श्री सूर्य माध्यमिक विद्यालय (साविक गा.वि.स. राईगाउँ वडा नं.२ माझगाउँ) बाग्मती गाउँपालिका वडा नं. — १, माझगाउँमा अवस्थित छ । वि.स.२०२६ साल देखि स्थानीय गाउँलेहरुले चन्दा संकलन गरी शुरु गरेको विद्यालय शिक्षा ऐन २०२८ बमोजिम राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि वि.स.२०३१ सालमा श्री गौरी राष्ट्रिय प्राइमरी स्कुलको नामले अनुमती प्राप्त गरी मिति २०३२÷०८÷२९ गते स्वीकृती प्राप्त ग¥यो र सोही क्रममै विद्यालय संचालक समितिको मिति २०३३÷२÷१४ गतेको निर्णयानुसार “जसरी आकाशमा सूर्य सधै अटल रही चम्किरहन्छ, त्यसै गरी यस विद्यालय पनि सधैं अटल रही बालबालिकाहरुको भविष्य चम्काइ रहोस”भन्ने कामनाका साथ यस विद्यालयको नाम श्री सूर्य प्राथमिक विद्यालय नामाकरण गरी सम्बन्धित निकायमा समर्थनको निम्ति पठाई विद्यालयको नाम परिवर्तन गरियो ।
यस मकवानपुर जिल्लामा विद्यालय पौष्टिक आहार कार्यक्रम लागु भएपछि विद्यालय सेवा क्षेत्रको जनघनत्व अनुसार विद्यार्थी संख्या बढ्दै गयो र त्यही विद्यार्थीको बढ्दो चापलाई ध्यान दिदै आ.ब.२०६०÷०६१ मा राईगाउँ सिंचाई योजनाको १६० वटा तारजाली सम्पूर्ण अभिभावक, शिक्षक र विद्यार्थीको सहयोगमा भरी त्यस वापत एकमुष्ट रु.१९०,०००।– विद्यालयले प्राप्त ग¥यो र शै.स.२०६१ देखि नि.मा.वि. तहको कक्षा ६ शुरु गर्दै अगाडी बढ्यो । नि.मा.वि. तह सम्मका सम्पूर्ण शिक्षक स्थानीय बासिन्दा भएकोले विद्यालयको थप सफलता र हौसला स्वरुप मिति २०६३÷३÷१९ गते प्राथमिक तहको विद्यालय व्यवस्थापनको जिम्मेवारी समुदायले प्राप्त ग¥यो वा लियो । अभिभावक र विद्यार्थीहरुको बढ्दो उत्साह अनुसार लगातार रुपमै शै.स. २०६४ देखि मा.वि.तहको कक्षा ९ पनि शुरु गरियो र विद्यालय मा.वि. तहको सफलताको पथमा लम्किरहेको छ ।
२०६५÷०२÷२० गते नि.मा.वि. र मा.वि. तह समूदायमा व्यबस्थापनको जिम्मा लिई सङ्चालन गरिएको यस विद्यालय सेवा क्षेत्रमा वडा नं –१ बन्जरे ७९ घरधुरी, माझगाउ“ र बोटगाउ“ २३७ घरधुरी, लालभित्ते र कालीखोला १२ घरधुरी गरी जम्मा ३२८ घरधुरी र वडा नं. ,३,४, का साथै सिन्धुलीको हरिहरपुर गाउँपालिकाका समेत केहि बालबालिकाहरु अध्ययनका लागि आउने गर्दछन् । यस विद्यालयमा शै.व. २०८० को प्रा.वि.तहमा छात्रा ११३ , छात्र १४८ गरी २६१ जना (बालकक्षा , के.जी. र यू.के.जी. समेत ) , नि.मा.वि.तहमा छात्रा ५७ , छात्र ६२ गरी ११९ जना र मा.वि. तहमा छात्रा ४० , छात्र ५८ गरी ९८ जना समेत जम्मा २१० छात्रा र २६८ छात्र गरी जम्मा ४७८ जना विद्यार्थीहरु अध्ययनरत रहेकाछन् भने प्रा.वि. तहमा स्थायी दरबन्दीमा ३ जना , करार १ ,राहत कोटामा ३ जना गरी ७ जना , नि.मा.वि.राहात कोटामा ४ जना र मा.वि. राहात कोटामा २ जना , शिशुकक्षा शिक्षक १ जना, लेखापाल १ जना ,परिचर १ जना र गा.पा.अनुदान नि.मा.वि. १, गा.पा.अनुदान मा.वि. १ , विद्यालय नर्स १ , निजीश्रोत शिक्षक २ जना समेत जम्मा २१ जनाको शिक्षक तथा कर्मचारी रहेका छन् ।
मुख्यत् तामाड. र राई जातिको बाहुल्यता रहेको यह“ाका अधिकांश नव दम्पतीहरु रोजगारी र अवसरको खोजीमा विदेश तथा स्वदेशकै काठमाडौं,पोखरा,हेटौंडा लगाएतका शहरहरुमा बस्ने गरेकाले उनीहरुका आश्रित बालबालिकाहरु पनि शहरमै रहेने तथा श्री टंकेश्वर आधारभूत विद्यालयले पनि नि.मा.वि.(आधारभूत) तह सञ्चालन गरेको कारणले केहि वर्ष यता विद्यालयको भर्ना दर क्रमिक रुपले घट्दैजानु यस विद्यालयको थप चुनौती देखिन्छ भने गरिबी र चेतनाको कमीका कारण कयौं बालबालिकाहरु काम तथा रोजगारीको सिलसिलामा अन्यत्र जाने र लाने गरेकाले विद्यालय छाड्नेहरुको संख्यामा सुधार ल्याउनु पर्ने अर्को चुनौती कायमै छ ।
विद्यालयको दिगो आर्थिक श्रोतको खोजीको क्रममा विभिन्न बिचार बिमर्सहरु भए । चारैतिर पुरानो आबादी खेत रहेको कि.नं.२८ को ज.वि.०४—०३—०४ जग्गा गौचरन भनि नाप नक्सा भएपनि सँधियारहरु लगाएतका २९ घरपरिवारले भोग चलन गरी आएको उक्त जग्गा विद्यालयलाई हस्तान्तरण गरेका थिए भने सो जग्गामा स्थानीय विकास कोष र जिल्ला वनस्पती कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र श्रमजीवि यूवा मञ्चको समन्वयमा आ.व.२०६३÷२०६४ मा जडिबुटी तथा फलफूल खेती शुरु गरिएकोमा उक्त जग्गामा हाल पढदै कमाउदै कार्यक्रम अन्र्तगत स्थायी टनेल ३ वटा निमार्ण भएको , आँप, लिची, कटहर,अम्बा, अमला, इमली, कपुर र सिसौ आदीका विरुवाहरु रहेकोछ । उक्त नर्सरीको बीच भागमा खेल मैदान निमार्ण गरेका छौ ।
यस विद्यालयमा बार्षिक अभिभावक भेला कम्तीमा ३ पटक हुने गर्दछ । प्रत्येक बर्ष मंसिर २९ गते हुने विद्यालयको बार्षिकउत्सव समारोहमा आगामी शै.व..का प्रस्तावित कार्यक्रमको प्रस्तावहरु छलफलको लागि अभिभावक स“ग राखिन्छ र त्यसको अन्तिम निर्णय शै.व.को शुरु वा बैशाखको पहिलो हप्तामा हुने अभिभावक भेलाले पुनः समीक्षा गर्दै अन्तिम निर्णय गरिन्छ साथै वार्षिक कार्यक्रम समेत पारित गरीन्छ । भाद्र महिनाको अन्तिम हप्ता वा असोजको पहिलो हप्तामा हुने अभिभावक भेलामा आ.व.को आम्दानी खर्च विवरण , सामाजिक परीक्षण तथा समसामयीक विषयहरु माथि छलफल गर्नुका साथै वि.व्य.स. र शि.अ.सं. को पदाधिकारीहरुको कार्यकाल सकिएको अवस्थामा नया“ समितिको चयन पनि गरिन्छ ।
१.२ भौगोलिक अवस्था
अञ्चल नारायणी , जिल्ला मकवानपुर निर्वाचन क्षेत्र नं. १ साविक गा.वि.स. राईगाउ“ वडानं. २ माझगाउ“ हालको ठेगाना बाग्मती गाउँपालिका वडा नं १ माझगाउँमा अवस्थित श्री सूर्य मा.वि.उत्तरमा वडा नं. १ को गुम्बाटोल , दक्षिणमा वडा नं. १ को लालभित्ते , पूर्वमा बागमती नदी र पश्चिम चुरे पर्वत ।
१.३ विद्यालय रहेको समुदायको बनोट
विद्यालयको सेवा क्षेत्र भित्र विषेशत तामाङ जातिको बहुल्यता रहेको छ । यस सेवा क्षेत्र भित्र तामाङ , राई , क्षेत्रीबाहुन , नेवार , माझी , विश्वकर्माको मिश्रित बसोबास रहेको छ भने धार्मिकको हकमा हिन्दु , बौद्ध र इसाई साथै पितापरमेश्वर , मैत्रीमंगलमको धर्म मान्नेहरुको पनि संख्या बढदो रहेको छ ।
१.४ विद्यालयको सेवा क्षेत्र
यस विद्यालय सेवा क्षेत्रमा वडा नं –१ बन्जरे ७९ घरधुरी, माझगाउ“ र बोटगाउ“ २३७ घरधुरी, लालभित्ते र कालीखोला १२ घरधुरी गरी जम्मा ३२८ घरधुरी र वडा नं. ,३,४, का साथै सिन्धुलीको हरिहरपुर गाउँपालिकाका केहि बालबालिकाहरु अध्ययनका लागि आउने गर्दछन् ।
विद्यालयबाट सेवा क्षेत्र सम्म पुग्न लाग्ने समय
वडा नं. १ बन्जरे १५ मिनेट, करौंजे ३० मिनेट र भंैसे १ घण्टा वडा नं. २ माझगाउँ उत्तरतर्फ ५ मिनेट , दक्षिणतर्फ १० मिनेट र बोटगाउँ २५ मिनेट
सेवा क्षेत्रबाट विद्यालय आउदा पर्ने प्राकृतिक अबरोधहरु
चुरे पहाड
वनजंगल
खहरे खोला खोल्सीहरु
विद्यालयबाट सदरमुकाम सम्मको बाटो
– उत्तरतर्फबाट फापरवारी हुदै हेटौंडासम्म ६५ कि.मि. मध्ये लगभग १० किमि मोटर बाटो कच्ची छ
– दक्षिणतर्फवाट २० कि.मि. कच्ची मोटर बाटो पछि बाग्मती पुलवाट हेटौंडासम्म ८१ कि.मि. महेन्द्रराजमार्ग
नजिक रहेका विद्यालयहरुको विवरण
श्री टंकेश्वर आधारभूत विद्यालय ,करौजे –१ ः उत्तरतर्फ
वाइड नलेज इग्लिस बोर्डिङ स्कूल माझगाउँ र श्री वालविकास प्रा.वि. हात्तिढुंगा –१ ः दक्षिणतर्फ
श्री भानुभक्त मा.वि. तीनकुना(हरिहरपूर गा.पा. २, सिन्धुली) ः पूर्वतर्फ
श्री ज्ञानमन्दिर आधारभूत विद्यालय,.गढन –३ ः पश्चिमतर्फ
ग) विद्यालय सामुमायको बनोट
आर्थिक अवस्था
आय स्तर ः– निम्न
मुख्य पेशा ः– खेती
जिवनशैली ः– गाउँले
सामाजिक अवस्था ः
जातजाति ः राई,तमाड.,क्षेत्रीबाहुन,नेवार,दलित
भाषा ः राई, तमाड. नेपाली
धर्म ः हिन्दु, बौद्ध, क्रिष्टियन
संस्कृती ः राईहरुको धर्म हिन्दु लेख्ने गरेता पनि सो अनुसारको संस्कार
कमै पाइन्छ ।
भौगोलिक अबस्था ः
नदी ः– बाग्मती
भु–बनोट ः– चुरेको खोंच र बाग्मतीको किनार
वन जंगल –ः साल,असना, जामुन, हर्रो,बर्रो,आदी
